पीएम कप: ५० ओभरको खेल ४ ओभरमै समाप्त

पाेखरा | माघ ११, २०८२

पीएम कप: ५० ओभरको खेल ४ ओभरमै समाप्त

पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा आइतबार ४ ओभरमै खेल सकिएको छ ।


कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेकसाइड क्रिकेट क्लबले ४ ओभरमै खेल सकाउँदै १० विकेटको जित हासिल गरेको छ । 


एभरेष्ट क्रिकेट क्लबले दिएको २१ रनको अति सामान्य लक्ष्य पछ्याएको लेकसाइडले ४ ओभरमा २४ रन बनाउँदै जित हासिल गरेको हो । यो एक दिवसीय क्रिकेटमा विरलै हुने घटना हो । ५० ओभरको खेल ४ ओभरमै सकिएको जारी प्रतियोगिताकै सबैभन्दा छिटो सकिएको खेल बनेको छ । 


त्यसअघि टस जितेर व्याटिङ थालेको एभरेष्ट १२.३ ओभरमा मात्र २१ रनमा अलआउट हुन पुगेको थियो । अति सामान्य विजयी लक्ष्य दिएको एभरेष्ट निकै कम्जोर देखियो । समिर आलमले ४ र सचिन यादवले ३ रन बनाए । लेकसाइडका लागि निरज ढकालले ५ र चन्दन राउतले ४ विकेट लिए ।


आइतबार नै सम्पन्न अर्को खेलमा माछापुच्छ्रे क्रिकेट क्लबले पोखरा क्रिकेट क्लबलाई २४ रनले हराएको छ । १६२ रनको सामान्य विजयी लक्ष्य पाएको पोखरा ३२.५ ओभरमै स्तब्ध भयो । पोखराले १३७ रन बनाउँदा अलआउट हुन पुगेको हो । पोखराका लागि मुस्कान थापाले उत्कृष्ट व्याटिङ गरेपनि जितका लागि पर्याप्त रहेन । उनले ८६ बलको सामना गर्दै ७६ रनको योगदान दिएपनि खेर गयो । सुवाष भण्डारी १६ रनमा आउट भए । 


त्यसअघि टस जितेर ब्याटिङ थालेको माछापुच्छ्रे ३७.१ ओभरमा १६१ रनमा अलआउट हुन पुग्यो । अनिश जिसीले ४१ बलमा ४१ रन बनाए । दिपक माझिले २० बलमा २७ रन तथा कविन सापकोटाले ५३ बलको सामना गर्दै २५ रन जोडे । 


पोखराका लागि सुवाष भण्डारी र देव शाहले समान ३÷३ विकेट लिए । सागर भुजेलले २  विकेट लिए । माछापुच्छ्रेका लागि कविन सापकोटाले ४ विकेट लिए । अनिश जिसीले ३ तथा रितेश बरालले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अनिश जिसी घोषित भए । 


माघ २ देखी सुरु प्रतियोगिता पोखरा र लेखनाथमा जारी छ । प्रतियोगितामा कुल १० क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा राइजिङ क्रिकेट क्लब, अमरज्योति क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, लेकसाइड क्रिकेट क्लब र एभरेष्ट क्रिकेट क्लब रहेका छन् । यस्तै समूह ‘बि’मा पोखरा क्रिकेट क्लब, कास्की क्रिकेट क्लब, माछापुच्छे्र क्रिकेट क्लब, लेखनाथ क्रिकेट क्लब र गण्डकी क्रिकेट क्लब रहेका छन् ।

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्